राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि शाहलाई उम्मेदवार बनाउन सिफारिस

काठमाडौं। राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नेपाली कांग्रेसले वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ।

बुधबार कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । शाहले अन्तिम दिन नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->