हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाय

काठमाडौं ।  उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए ।

‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु जय देश ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए ।

यसैगरी धरान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलालाई पनि यो विषयमा आफुलाई थाहा नभएको बताएकी छिन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->