प्रधानमन्त्रीले सर्त माने राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पुनः राख्ने

धरान उमपहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने विषयमा राजनीतिक दलका भातृ संगठन र मेयरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

मेयर राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्बिर राखेपछि विवाद चर्कँदै आएको थियो । मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पुनः राख्ने भन्दै मंगलबार दलका कार्यकर्ताहरु उपमहानगरपालिका कार्यालय पुगेका थिए ।

दलका कार्यकर्ताहरु राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर बोकेर मेयर साम्पाङको कार्यकक्षमा पुग्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उपमहानगरको प्रवेशद्वार नै बन्द गरेर अपरान्ह ४ बजेसम्म वार्ता भएको थियो ।

वार्ताका बेला नगर प्रहरी, सशस्त्र र जनपद प्रहरी व्यापक परिचालन गरिएको थियो । सर्वसाधारण सेवाग्राहीलाई बिहान १० बजेदेखि नै कार्यालय छिर्न दिइएको थिएन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->