जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत सो रकम गौशालालाई दिनुपर्ने अदालतले भनेको हो ।
जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।
