आजदेखि नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय महाधिवेशन सुरु

टिकापुर । नागरिक उन्मुक्ति पार्टी नाउपाको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ ।

महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।

महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

नाउपामा अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष रहने छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको चौधरीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->