इनारमा खसेकी महिलाको उद्धार

 

ललितपुर । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ । सोमबार बिहान ९ः५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरको इनारमा खसेकी महिलाको करिव साढे २ घण्टा पछि उद्धार भएको हो । उद्धार गरिएकी दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । उनी कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेको बेला स्ल्याब फुटेर इनारभित्र खसेकी थिइन ।

करिव पौने १० बजे प्रहरीलाइ खबर भएसंगै प्रहरी उद्धारका लागि परिचालीत भएको थियो । यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकल सहित पुगेको थियो। प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी परिचालीत भएको थियो । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो । परिचालित संयुक्त सुरक्षा संयन्त्रले प्रधानको उद्धार गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->