काठमाडौं । माघी मनाउन काठमाडौंको टुँडिखेलमा पुगेकाहरूको भीड अनियन्त्रित भएको छ ।मगर र थारू समुदायले माघीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेकाहरुबीच ठेलमठेल हुँदा चेपिएर केही घाइते भएका छन् ।भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
थारु समुदाय नयाँ वर्षका रुपमा माघी पर्वलाई धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाउँछन् । माघी पर्व मनाउन टुँडिखेलमा सर्वसाधारणको संख्या निरन्तर बढिरहेको छ । जसले काठमाडौंको सडकको ट्राफिक अस्तव्यस्त बनेको छ ।
