जनताको चाहना अनुसार काम गरेको छुः प्रचण्ड

 

अर्घाखाँची १ माघ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार भएको बताउनु भएको छ ।उहाँले उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गर्दै बैङ्कको ब्याजदर स्थिर तथा कृषि उत्पादन वृद्धि बिदेशी मुद्रा सञ्चितमा यो कार्यकालमा ईतिहास रच्न सफल भएक‍ो बताउनुभयो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो।

आफ्नो अग्रसरतामा अहिले मन्त्रालयका काममा तिव्रता दिन मन्त्रीहरुलाई ताकेता गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम नगरे मन्त्री हेरफेर गर्ने चेतावनी दिनुभयो । ‘अहिले म १० बजे नै सिंहदरबार पुगेर प्रत्येक मत्रालयको ब्रिफिङ लिने गरेको छु,उनले भने,‘लक्ष्य पुरा नगर्ने मन्त्रीहरुलाई हेरफेर गरेर भएपनी नतिजा दिनेगरी काम गर्नेमा केन्द्रित छु ।’

आफ्नो पछिल्लो एक वर्षको कार्यकालमा सोंचे अनुरुप काम गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले अबको दिनमा जनताको चाहाना अनुसार काम गर्ने बताउनुभयो। भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, अवैध सुन तस्करी काण्डमा आफ्नै अग्रसरतामा छानबिन भइरहेको भन्दै उनले राष्ट्रको आवश्यक्ता, जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो पालामा संघिय निजामती ऐन, प्रहरी समायोजन ऐन, संघिय शिक्षा ऐन, संघिय प्रहरी ऐन नबने र कार्यान्वयनमा नगए यो कार्य सफल नहुने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । पटक पटक सरोकारवालाहरुसंग बैठक बसेर छलफल गरिरहेको भन्दै उनले आफ्नो पालामै यो कार्यलाई पुर्णता दिने चुनौती आफु सामु रहेको बताउनुभयो ।प्रदेस सरकारको प्रहरी समायोजन ऐन, सघिय निजामती ऐेन सघिय शिक्षा ऐन आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउनु भएको छ।

प्रचण्डले अर्घाखाँचीको सिद्धारा जलुके क्षेत्रमा जनयुद्धको समयमा आएक‍ र हिडेको क्षेत्र भएकोले यश क्षेत्रका प्रर्यटकिय क्षेत्रको बिकासमा सकारात्मक रहने बताउनुभयाृ ‘‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ ।

उहाले अर्घाखाँची जिल्लाको विकासमा संघीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गर्दै जिल्ला समन्वय समितिको तर्फबाट सबै राजनितीक दलहरुले दिएको सुझावसहितका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनसभयो ।कार्यक्रम संघिय सरकारका पुर्व उपसभामुख पुष्पा भुसाल , पर्यटन राज्य मन्त्री शुशिला श्रीपाली, पुर्व उर्जा मन्त्री पम्फा भुसाल,प्रदेस सांसद रामजी घिमिरे ,नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल प‍ोख्रेल सबै स्थानिय तहका प्रमुख उपप्रमेखहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->