झापाका विपन्नलाई चिसोबाट बच्न ब्लयाङकेट वितरण

झापार बाक्लो हुस्से र शितलहरसँगै जाडो बढिरहँदा न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइरहेका अतिविपन्न वर्गलाई ब्ल्याङ्केट वितरण गरिएको छ । मारवाडी सेवा समिति काँकरभिट्टाले सोमबार झापाको मेचीनगर ७ मा बसोबास गरिरहेका एक सय अतिविपन्न परिवारलाई ब्ल्याङ्केट बितरण गरिएको हो ।

समितिका अध्यक्ष रोशनलाल अग्रवाल र मेचीनगर–७ का वडाअध्यक्ष प्रल्हादमणि ओलीले प्रमुख उक्त समुदायका वडावासीलाई ब्ल्याङ्केट बितरण गरेका हुन्। त्यसक्रममा वडाअध्यक्ष ओलीले जाडोयाममा न्यानो कपडाको जोहो गर्न नसक्दा कष्ट झेलिरहेको वर्गलाई ब्ल्याङ्केट उपलब्ध गराएर समितिले पुण्यकर्म गरेको बताए । लक्षित वर्ग छनौट कार्यको संयोजन टोल विकास समितिबाट भएको थियो । वडाअध्यक्ष ओलीले टोल विकास समितिले सो कार्यका लागि प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।

पारदर्शी छनौट प्रक्रियाबाट छानिएर ब्ल्याङ्केट पाएपछि वडाका नागरिकले खुशी व्यक्त गर्दै समितिलाई धन्यवाद दिएका थिए ।
समितिका अध्यक्ष अग्रवालको अग्रसरतामा वर्षेनी अतिविपन्न वर्ग लक्षित विभिन्न सामाजिक कार्य हुँदै आएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->