पुर्वअरनिको यातायात प्रालिको ५१ औँ बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न 

पुर्व अरनिको यातायात प्रालिले कार्यालयमा उत्कृष्ठ कामगर्ने कार्मचारीहरुलाई सम्मान गर्दै ५१ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

गत आईतवार गरिएको उक्त कार्यक्रममा करिव ३ सय जना कर्मचारीलाई कामको कदर गर्दै प्रोत्साहन स्वरुप सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका स्वास्थ्य राज्यमन्त्री मोहन बस्नेतले जनताको र यात्रुको समस्यालाई सम्वोधन गर्दै अरनिको यातायातले गरेको सेवा प्रति आभार व्यक्त गरेका थिए ।

हाल सम्म यातायात मजदुरको समस्यालाई सम्वोधन गर्दै २ सय भन्दा वढी चालकका बच्चाहरुलाई अरनिको यातायातले निजीविद्यालयमा निशुल्क पढाउँदै आएको छ ।

कार्यक्रमा अध्यक्ष केदार क्षेत्रीले राज्यवाट भएको बेवास्ता र व्यवसायीहरुको लगानीलाई संरक्षण नदिएको प्रति आक्रोस व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि जस्तोसुकै बाधा अड्चनलाई सामना गरी जडिबुटी स्थित पुर्वअरनिको यातायातको बसपार्क संचालन गरि छाड्ने उपस्थित सदस्यहरुको भनाई थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->