नेपाल प्रहरीको भिड नियन्त्रण शैलीमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौंको बालकुमारी र सर्लाहीको बरहथवामा प्रहरीको गोली प्रहारबाट निर्दोष नागरिकको मृत्यु भएको भन्दै नेपाल प्रहरीको भिड नियन्त्रण शैलीमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटको पहिलो पेसी बिहीबारका लागि तोकिएको छ ।

भिड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघतक हतियारको प्रयोग तत्काल रोक्नुपर्ने माग रिटमा गरिएको छ । त्यस्तै भिड नियन्त्रणको अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरुलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र यसलाई अनिवार्य रुपमा प्रहरीको तालिममा समावेश गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रहरीहरुलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एवं बुलेट ब्रुफ निरन्तर आपूर्तिको व्यवस्था मिलाउन आदेशको मागपनि रिटमा छ । निवेदनको टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राण घातक हतियारको प्रयोग नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी हुनुपर्ने मागपनि रिटमा छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->