आजै भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई आज साठी रनले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई ४१ दशमलब २ ओभरमा १ सय २४ रनमा अलआउट भएको हो । लुम्बिनीका लागि सर्वाधिक कृष्णा कार्कीले ४७ रन रन जोडे ।
कर्णालीका दिनेश अधिकारीले ३, अनुज चनाराले र दिपेन्द्र रावतले २–२ तथा दिवान पुनले १ विकेट लिए । पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । दिनेश अधिकारीले सर्वाधिक ५६ र दिपेन्द्र रावतले ४७ रन बनाएका थिए । लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३–३ तथा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए । कर्णालीको प्रतियोगितामा यो दोस्रो जित हो ।
