बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.ली र कृष्णसार यातायात प्रा.लि. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाको रोहवरमा एक भएका छन् । कृष्णसार यातायात व्यवसायी प्रा.लि, गुलरिया बर्दियाका अध्यक्ष शम्भु रिजाल र कृष्णसार यातायात प्रा.लि. का अध्यक्ष मोहनलाल श्रेष्ठले पत्रकार सम्मेलन गरि एकिकृत गरि कृष्णसार यातायात व्यवसायी प्रा.लि. मा समाहित भएको जानकारी दिएका छन्। दुबै यातयात व्यवसायीहरु अलग अलग संचालन हुदै आएकोमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघको एकद्धार प्रणाली अनुसार संचालन गर्न आफुहरु राजी भएको कृष्णसार यातायात प्रा.लि.का पूर्व अध्यक्ष मोहन लाल श्रेष्ठले बताए । व्यवसायीका समस्यालाई अध्ययन गरि दुबै यातायात समितिका पदाधिकारीहरुलाई एकै ठाउँमा राखी व्यवसायी एकताका लागि प्रा.लि. समाहित गरि सम्पुर्ण सवारी साधन डायल प्रक्रियाबाट सन्चालन गर्ने सहमती भएको श्रेष्ठले बताएका छन् ।
दुवै यातायात प्रालीले संयुक्त रुपमा व्यवसायी रवि मल्ललाई अध्यक्ष, ऐतमाद अलि सैयद प्रबन्धक, बिवेकानन्द पाठक कम्पनी सचिव र सन्त बहादुर ज्ञवाली प्रशासनिक सचिव रहने गरि नयाँ तदर्थ समिति चयन गरेको वताईएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियामा २०५७ सालमा दर्ता भएको कृष्णसार यातायात व्यवसायी संघ नेपाल सरकारद्धारा प्रा.लि. मा रुपान्तरण गराउने बेलामा विभाजित भएको कृष्णसार यातायात व्यवसायी संघ बर्दियाका पूर्व अध्यक्ष शम्भु रिजालले जानकारी गराएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाले यातायात व्यवसायीहरु राज्यको दोहोरो नितिका कारण पलायन हुने अवस्थामा पुगेको वताएका छन् । देशभरिका यातायात व्यवसायी हरुलाई२०७४ सालमा सेण्डीकेट तोड्ने नाममा राज्यले यातायात व्यवसायीलाई क्षतविक्षत वनाएको सिटौलाले आरोप लगाएका छन् । जस्का कारण यातायात व्यवसायी हरु अस्वास्थ प्रतिस्पर्दा गर्न वाध्य भएको सिटौलाको ठहर छ ।
