महोतरीको गौशालामा बलात्कृत किशोरीको परिवार असुरक्षित भएको छ । आर्थिक प्रलोभन दिएर कानुनि कारवाहिको प्रक्रिया अगाडी नबढाउन पीडित परिवारलाई दवाव दिंदा बलात्कृत किशोरीको परिवार असुरक्षित भएको हो ।
बलात्कार आरोपमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका आफन्त पक्राउ परेपछि पीडित परिवारलाई आर्थिक लेनदेन गरी घटना मिलाउन दवाब बढेको छ ।
बलात्कार आरोपमा पक्राउ परेका व्यक्तिलाई छोडाउन किशोरीकी आमा र आफन्तलाई आर्थिक प्रलोभन र धम्कि दिइएको हो । राजनीति पहुचको अधारमा पीडितलाई ब्यान बदल्न र प्रहरीलाई प्रमण नष्ट गर्न आरोपितले आर्थिक प्रलोभन दिएर दबाव बढाउदा पिडित न्यायकालागि अपलि गरेको छ ।
गएको आइतबार १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका–१२ का ४५ वर्षीय उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरेको छ ।
मामावली घरमा बस्दै आएकी बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर सामूहिक बलात्कार गरेको आरोपमा कुशवाहालाई पक्राउ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रलोभनमा पारी सामूहिक करणी गरेको भनी पीडितको परिवारले आइतबार साझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरी दरखास्तमा उल्लेखित विपक्षीहरुलाई खोजतलासको क्रममा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको जनाएको हो ।
फरार रहेको प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरीले जनाएको छ ।
