सम्सी गाउँपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

महोतरीको सम्सी गाउँपालिकामा वडाध्यक्षहरुले विगत ६ दिन देखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका कारण कामकाज प्रभावित भएको छ । कार्यपालिका बैठकका लागि पत्रचार गरेपनि बैठक बस्न नसकेको र गाउँपालिकाका अध्यक्ष रामनाथ यादव तथा प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र मिलेर मनोमानी गरेको भन्दै ५ जना वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालयमा पुस २९ गते तालाबन्दी गरेका थिए ।

वडाध्यक्षहरुले विज्ञप्ति निकाल्दै गाउँसभा विशेष सभाको रेडबुक सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९-८० र आर्थिक वर्ष ०८०-८१ को खर्च विवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बैठक यथाशिघ्र बस्नुपर्ने, आर्थिक अनियमितताको छानविन गर्नुपर्ने गाउँपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रशासकीय अधिकृतको तत्काल सरुवा गर्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेको हो ।

पुष ५ गते गाउँपालिकाको कार्यपालिका बैठक सम्बन्धमा गरिएको पत्रचार पत्रमै सीमित रहेको र प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र लामो समय देखि कार्यालयमा उपस्थित नभएको भन्दै वडाध्यक्षहरुले तालाबन्दी गरेको छ ।

गाउँपालिका कार्यालयमा नआएर जनकपुर बसेर प्रमुख प्रशासकीय अधिकृत काम गर्दै आएको छ । कार्यालयमा नआउँदा गाउँपालिकाको योजनाहरु कार्यान्वयन हुन सकेको छैन । अधिकृत कार्यालय नआउँदा समस्या भएको भन्दै वडाध्यक्षहरु जिल्ला प्रशासन कार्यालय महोतरीको ध्यानाकर्षण गराएको र समस्या समाधानका लागि कुनै पहल नभएपछि तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरुले बताएका छन ।
यसको भिजवल एफटिपीको आँनलाईनखवरमा पठाएको छु ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->