वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको गएराति निधन भएको छ उनलको गएराति साढे १२ बजे उनको निधन भएको हो ।
काठमाडौंको न्यूरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । गायक वैद्य ७७ वर्षका थिए । आजै पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो ।
बैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् ।
यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । बैद्यले करिब १५ बर्षको उमर देखिनै गायन सुरु गरेका थिए । २००३ साल नागपंचमीका दिन काठमान्डौको नरदेविमा जन्मेका बैद्यका दुई छोरी र एक छोरा छन् ।
