तालमा डुंगा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु

 

भारतको गुजरातको बडोदरामा रहेको हरनी तालमा डुंगा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको हो । डुङ्गामा ३० जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । सरकारले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->