बर्दियामा हात्तीकोे आक्रमणबाट २ महिला घाईते

बर्दियामा जंगली हात्तीको आक्रमणमा परि २ जना महिला गम्भीर घाईते भएका छन् । मधुबन नगरपालिका वडानम्बर १ दुर्गानगर बस्ने ५२ बर्षकी सिता थारु र सोहि ठाउ बस्ने ३ बर्षकी शुशिला चौधरीे दुर्गा सामुदायिक बनमा दाउरा काट्न गएको अबस्थामा जंगली हात्तीले आक्रमण गरी घाईते वनाएको बर्दिया प्रहरीले जानकारी गराएको छ ।

हात्तीको आक्रमणमा सिता थारुको टाउकोमा तथा सुशिला थारुको टाउको छाती र हातखुट्टामा चोट लागेको छ । घाईते दुबैको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको प्रहरीले जानकारी गराएको छ । घाईते मध्य एकजनालाई थप उपचारका लागि बाँकेको नेपाल गन्ज लगीएको परिवार ले जानकारी गराएका छन् ।घर नजिकको सामुदायीक वनमा दाउरा खोज्न जाँदा अक्रमण गरि घाईते वनाएको स्थानीय सावित्री दहितले वताएकी छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->