उदयपुर र खोटाङ जोड्ने धाप्लाङ घाटको दुधकोशी पुल पुन:निर्माण थालियो

ठेकेदारको लापरर्वाहीले लामो समयदेखी लथालिङ्ग पारेर छाडेको उदयपुर र खोटाङ जोड्ने धाप्लाङ घाटको दुधकोशी पुल निर्माण पुन : थालिएको छ । निर्माण थालिए सँगै पहिला जस्तै लापरवाहीमा नपरोस् भन्नाको खातिर खबरदारी र निगरानी बढाइएको छ ।

गत २०७४ साल भदौमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सिलान्यास गरेको सो पुल स्वच्छन्द÷रसुवा÷पप्पु जेभी कम्पनीले अहिले सम्म लथालिङ पारेको थियो । पुनःअर्को टेण्डर मार्फत रसुवा÷स्वच्छन्द÷पप्पु, सोही जेभीले २०८२ असार मसान्त सम्ममा सक्ने गरी कामथालेको हो । निर्माणको सुरुको अवस्थादेखि नै खोटाङका प्रदेश सांसद भुपेन्द्र राईको अगुवाईमा जनप्रतिनिधि र स्थानीय जनता निगरानीमा लागेका छन् । यसबाट स्थानीय उत्साहित छन् ।

पाँच स्पाममा बनाइने दुई ल्यानको दुई सय मिटर लामो पक्की मोटरेवल पुलको लगानी करिब २४ करोड रहेको छ । पुलखोटाङ र उदयपुरको विकास र जन जीविका संग प्रत्यक्ष जोडिएको छ ।ठेकेदार कम्पनीले समयमै काम सक्नेगरी कामले गति लिएको जनाएको छ । पुलनहुँदाखोटाङको दक्षिणभेगकाबासिन्दा झोलुंगे पुलको भरमाआवातजावत र सामान ढुवानी गरिरहेका छन् । जसको कारण महंगी र कष्टदायी जीवनयापनगरिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->