तोरी खेतीप्रति किसानको आकर्षण

झापामा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।सरकारी प्रोत्साहनसँगै मूल्य पनि राम्रो पाउन थालेपछि अहिले जिल्लाकै सबै पालिकाका किसान तोरी खेतीतर्फ आकिर्षत भएका हुन् ।झापामा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो ।

सरकारी प्रोत्साहनसँगै मूल्य पनि राम्रो पाउन थालेपछि अहिले जिल्लाकै सबै पालिकाका किसान तोरी खेतीतर्फ आकिर्षत भएका हुन् । झापाको हल्दीबारी गाउँपालिकामा मात्र यो वर्ष झापाभरिमा सबैभन्दा बढी दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ ।अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् ।

तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने, अन्य बालीमा जस्तो झन्झट नहुंने र मुल्य समेत राम्रो भएको किसान बताउंछन् । अगुवा तोरी खेती गर्ने किसानले राम्रो आम्दानी गरिरहेका छन् । गत वर्ष प्रतिमन छ हजारमा तोरी बिक्री भएको किसानको भनाई छ । मौसमले साथ नदिंदा कहिले कांहि समस्या हुने किसान बताउंछन् ।

हल्दीबारी गाउँपालिकाका ५वटै वडाका विभिन्न स्थानमा किसानले दुई हजार पाँच सय बिघा क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको जनाएको छ । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ ।

यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ ।
कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरिरहेको संस्थाले जनाएको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाले जनाएको छ ।

सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९÷८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि १५ लाख अनुदानसमेत उपलब्ध गराएको छ । हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रु १५ लाख अनुदान उपलब्ध गराएको छ ।

झापामा तोरी खेतीको क्षेत्रफल समेत बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरी खेती गरिएकोमा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरी खेती गरिएको छ । गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यो वर्ष उत्पादन बृद्धि हुने आंकलन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->