भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने एखुवामा खोला पक्की पुल निर्माण कार्य तीव्र

भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर र आमचोक गाउँपालिकाको सिमनामा रहेको एखुवा खोलामा पक्की पुल निर्माणले तीव्रता पाृएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत यहाँ शुसम भानुमती राउत जेभीले भ्याटसहित ६ करोड ६१ लाख लागतमा ३५ मिटर लामो पक्की पुल निर्माण गरिहेको छ । निर्माण अवधि दुई रहेपनि राज्यले आवश्यक बजेट दिएमा यो चैत महिनासम्ममा निर्माणको काम सक्ने निर्माण कम्पनीको दावी छ ।

गुणस्तरिय ढंगले समयमा पुल निर्माण सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुल बनेपछि स्थानीयको जनजीवनमा सहजता थपिने गाउँपालिकाको भनाइ छ । पुल निर्माण भईरहेको स्थानको समय समयमा अनुगमन गरिरहेको गाउँपालिकाको भनाइ छ ।

पुल निर्माण सम्पन्न भएपश्चात दक्षिणी भेगका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने छ । हालसम्म करिव २० प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । तोकिएको मापदण्डको अधारमा पुल निर्माणलाई गुणस्तरिय बनाउन नियमित रुपमा अनुगमन भईरहेको कार्यालयको भनाइ छ ।

पुल निर्माणको काम एक महिना अघिबाट शुरु भएको हो । हाल यो पुलको हतुवागढी तर्फको पिलरको ढलान भइरहेको छ । यो पुल निर्माण अवधि २ वर्ष अर्थात आगमी २०८१को चैत महिनासम्म रहेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->