राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आज तालाबन्दी गरेका छन् ।
सोमबार राजविराज –१३ मा विश्वविद्यालयको शिलान्यास गर्न कार्यक्रम तय गरिएपछि त्यसको विरोध भएको हो । जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो ।
शिलान्यासमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका छन । जनमतले यादवलाई प्रमुख अतिथि बनाउन नहुने अडान राखेको छ ।
जसपा भने जसरी पनि अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने पक्षमा छ । सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादवको संसदिय विकास कोषबाट कृषि विश्वविद्यालयको कार्यालय स्थापना भएको हो ।
२०७८ मंसिर २७ गते जसपाका अध्यक्ष यादवले नै विश्वविद्यालयको कार्यालय उदघाटन गरेका थिए ।
