लिङदेनः क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष भयो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, काँग्रेस लगायतका पार्टी र नेताहरु भन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गरेका हुन ।

अध्यक्ष लिङदेनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सिमित हुने पनि बताए । अध्यक्ष लिङ्देनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए ।

धर्मबिहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर उनको थियो । अध्यक्ष लिङदेनले धर्म निरपेक्ष बनाउन माओवादी अध्यक्ष दाहाल भन्दा बढी दोषी काँग्रेस रहेको आरोप लगाए ।

हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको समेत उनको भनाइ थियो । अध्यक्ष लिङदेनले राप्रपालाई समान व्यवहार गर्नेहरुसँग आफू मिलेर जानेपनि स्पष्ट पारे ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->