राजा ज्ञानेन्द्र शाहले वीरगन्जमा नागरिक अभिनन्दन गर्ने

आगामी शनिवार बीरगन्जमा पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन हुने भएको छ । विभिन्न नौ वटा संघ संस्थाहरुले सामुहिक रुपमा पूर्व राजाको माघ १३ गते अभिनन्दन गर्ने भएका हुन । राजा सहितको प्रजातन्त्र तथा २०४७ सालको संबिधान पुनः व्युताउन अपरिहार्य भएकाले अभिनन्दन गर्न लागिएको आयोजकको भनाइ छ ।

वीरगञ्जस्थित लाल यगलामा हुने नागरिक अभिनन्दनका लागि स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति समेत बनाईएको छ । पूर्व राजा शाह पुस २३ गतेदेखि बाराको सिमरामा बस्दै आएका छन ।

उनले यसअघि बारा, पर्सा, रौतहट र सर्लाही र मकवानपुरमा भएका धार्मिक कार्यक्रममा सहभागिता जनाएका थिए । उसले पुस २८ गतृ सलार्हीको बरथवा मुक्तेश्वर महादेव मन्दिरमा पूजा अचर्ना गरेका थिए । त्यसैगरि माघ दुईमा रौतहटको शिवनगरस्थित शिव मन्दिरमा र माघ चारमा बाराको महागढीमाई मन्दिरमा पूजा अचर्ना गरेका थिए । गत आइतबार उनले मकवानपुरका विभिन्न धार्मिक स्थलको भ्रमण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->