राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभाका रिक्त १९ पदमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र व्यवस्था गरिएको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्य छान्न प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन ।

निर्वाचन आयोगले सोमबार बेलुकादेखि नै प्रचारप्रसार निषेध गरिसकेको छ । निर्वाचनको परिणाम भोली बेलुकासम्म सार्वजनिक हुने आयोगले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->