पार्टीभित्र हुने प्राइमरी चुनावमा न्यु ह्याम्पशायरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी

आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने प्राइमरी चुनावमा न्यु ह्याम्पशायरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले निक्की हेलीलाई पछि पारेका छन् । न्यु ह्याम्पशायरमा ट्रम्पले ११ प्रतिनिधि र उनका प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि मत पाएका हुन । न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन ।

प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने भन्ने विश्वास गरिन्छ । ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनवाट ट्रम्प नै उम्मेदवार बन्ने निश्चित जस्तै भएको छ । अमेरिकी चुनावमा पार्टीका राष्ट्रपतिका उम्मेदवार छनोट गर्न ककस र प्राइमरी निर्वाचनलाई आधार बनाइन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->