सहिदहरुको सम्झनामा  सहिद सप्‍ताह मनाईदैं

देशका लागि जीवन आहूति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारबाट सहिद सप्ताह कार्यक्रम सुरु गरिएको छ । देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको हो ।

यसै अवसर पारेर काठमाडौंको सहिदगेट र टेकूस्थित पिपलबोटमा चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शाष्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ । जहाँनिया राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा विसं १९९७ साल माघ १० गते शुक्रराज शाष्त्रीलाई टेकूस्थित पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। त्यसै घटनालाई स्मरण गर्दै विसं २०१२ सालदेखि प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदको सम्झनामा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न थालिएको हो ।

नेपालको पहिलो सहिद भने लखन थापालाई मानिन्छ। थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विसं १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । देशका लागि जीवन दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->