रुसको बेलगोरोड क्षेत्रमा रुसी सैनिक विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । विमानमा ६५ यूक्रेनी युद्धबन्दि बाहेक नौ जना चालक दलका सदस्यहरुमध्ये ६ जना सदस्य र तीन अतिरिक्त जना मानिस सवार रहेको बताइएको छ ।
रुसी इल्यूशिन आईएल–७६ सैन्य परिवहन विमान दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । विमानलाई यूक्रेनी सेनाले एस–३०० क्षेप्यास्त्रले ध्वस्त बनाएको दावी गरेको छ । तर दावीको आधिकारिक रुपमा पुष्टि भएको छैन ।
रुसले अहिलेसम्म विमान दुर्घटना कसरी भयो भन्ने कुराको सटिक कारण बताएको छैन । बेलगोरोड यूक्रेन सीमा नजिकको क्षेत्रमा दुर्घटना भएको हो ।विमानमा रहेको युद्धबन्दिलाई रुसी सेनाले यूक्रेनमा जारी युद्धको क्रममा भिन्दा–भिन्दै स्थानबाट पक्राउ गरेको बताइएको छ ।
दुर्घटना भएको विमान सैनिक, कार्गो, सैन्य उपकरण र हतियारलाई एयरलिफ्ट गर्नका लागि प्रयोग हुँदै आएको थियो । यसले ९० जनासम्म यात्रु बोक्ने क्षमता राख्दछ ।।
