राष्ट्रियसभा सदस्य निर्वाचन:  सातै प्रदेशमा मतदान जारी

बागमती मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत वागमती प्रदेशमा मतदान जारी रहेको छ । ४ पदका लागि वागमतीमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली काँग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन भने भने अपाङ्गतातर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल छन । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा छन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मुल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

गण्डकी मतदान

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा मतदान जारी छ । गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ काँग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार प्रतिष्पर्धामा छन । महिलातर्फ नेकपा माओवादी केन्द्र की मनरुपा शर्मा सुवेदी उम्मेदवार छन । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिष्पर्धा हुनेछ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ ।

कोशी मतदान
राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ काँग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा माओवादी केन्द्रकी चम्पा कार्की उम्मेदवार छन । सिटौलाबिरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोईराला प्रतिष्पर्धामा छन । कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, काँग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।

मधेस मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी छ । महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् । मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी हुनुहुन्छ । त्यस्तै नेकपा (एमाले) बाट अन्यमा कुमारी विजेता झा छन । त्यस्तै जनमत पार्टीका रामशङ्कर महासेठले पनि उम्मेदवारी दिएका छन । महिलातर्फ एमालेबाट उषादेवी थरुनी र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी को उम्मेदवारी परेको छ । प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ ।

सुदूरपश्चिम मतदान
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान जारी छ । राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा मतदान भैरहेको हो । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । सोहीअनुसार मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपांगतातर्फ काँग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ नेकपा माओवादी केन्द्र की रेणु चन्दले उम्मेदवारी दिएका छन । नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१ सय रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४ हजार ४५७ रहेको छ भने एमालेको मतभार १ हजार ४८० छ ।

कर्णाली मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । कर्णालीबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा माओवादी केन्द्रका विष्णु विक र नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशमा जम्मा ५ हजार ८४ मतभार छ ।

लुम्बिनी मतदान
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अन्तिम चरणमा पुगेको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ नेकपा माओवादी केन्द्र का झक्कु सुवेदी र महिलातर्फ नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिष्पर्धामा छन । नेकपा एमालेबाट महिलातर्फ तुलसाकुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी रहेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिष्पर्धामा रहेका छन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->