डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युतको महशुल विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगले सरोकारवालालाई आफ्नो पक्षको प्रमाण पेश गर्न १० दिनको समय दिएको छ । आयोगले आज सूचना निकालेर नेपाल विद्युत् प्राधिकरण र विद्युत् प्रयोग गर्ने उद्योगी–व्यवसायीलाई आफ्ना विषय राखी प्रमाणसहितको निवेदन माघ २१ गतेभित्र पेश गर्न भनेको हो ।

डेडिकेटेड फिडर एवं ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल नतिरेको भन्दै दुई दर्जन उद्योगको विद्युत् काटिएपछि उद्योगी आन्दोलित भएका थिए । यससँगै सरकारले यसबारे अध्ययन गर्न भन्दै जाँचबुझ आयोग गठन गरेको थियो । यससँगै उद्योगहरूको लाइन जोडिएको थियो ।
