अध्यागमन प्रमुखसहित अध्यागमन अधिकृत प्रहरीबाटै कुटिए

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् । प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै कुटपिट गरेको बताइएको छ ।

डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद उत्पन्न भएको थियो । घटनापछि अध्यागमनका कर्मचारीले प्रमुख गोगन बहादुर हमाललाई त्यहाँ बोलाएका थिए । सीसीटीभी हेर्दा भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो ।

त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भन्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेको बताइएको छ । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि पनि हातपात भएको हो । घटना लगतै अध्यागमन कार्यालय प्रमुख हमालले यसबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए । अहिले घटनाको छानवीन भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->