आम मानिसको खाद्यवस्तुमा प्रत्येक्ष निगरानी राखेर नियमन गर्ने खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले अपेक्षा अनुसार काम गर्न सकेको छैन । सिमित जनशक्ति भएका कारण कार्य सम्पादन गर्न कठिनाई भएको कार्यालयको भनाइ छ ।
आवश्यक दरबन्दी पूर्ति हुन नसक्दा नेपालगन्ज कार्यालय अन्तरगत एक डिभिजन कार्यालय र बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम जिल्लाका लागि ९ जना जनशक्तिले बजार अनुगमन तथा खाद्य अनुज्ञापत्र जारी गर्न कठिनाई भएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयमा जनशक्ति कम भैरहेका बेला बजारमा खुल्ला रुपमा बिक्रि हुने दुधलाई कडाईका साथ निगरानी राख्नुपर्ने उपभोक्ता अधिकारकमी बताउँछन् ।
जनशक्ति कम भएका कारण बजारमा हुने बेथिति, उजुरी गुणासो, सरोकारवाला निकायको अनुगमन, बजार अनुगमन तथा खाद्य अनुज्ञापत्र जारी देखि नियमिति कार्य समेत प्रभावित हुने गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको भनाइ छ । ।
जनशक्ति अभाव हुँदा हुँदैपनि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक बर्ष २०८०÷०८१ को दोश्रो चौमासिक अवधिमा ३ सय खाद्य नमूना बिश्लेषण गर्ने लक्ष्य रहेकोमा ३ सय ७७ नमूना बिश्लेषण गर्न सफल भएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृतको भनाइ छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज अन्तरगतका डिभिजन कार्यालय र जिल्लाहरुका जनशक्ति थप हुन सम्बन्धित मन्त्रालयको प्राथमिकतामा पर्न नसकेको दोश्रो समिक्षा गोष्ठीमा औल्याईएको थियो ।
