महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएपनि सर्वसाधारण भने खुशी

काठमाडौँ – न्युुरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएपनि सर्वसाधारण भने खुशी देखिएका छन् । काठमाडौ महानगरपालिकाले एकदमै राम्रो काम गरेको हिजोको दिनमा वरिपरि पार्किङ हुदा सर्वसाधारण लाइ हिडदुल गर्न निकै सकस मात्रै हैन ठूलो कोलाहत थियो अहिले राम्रो भएको सर्वसाधारणको भनाइ छ ।

महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका थिए । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका थिए । महानगरले न्युरोडको पार्किङको विकल्पमा धरहरा , काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । महानगरका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->