आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशमा अघि बढेका विभिन्न प्रसारण लाइनको काम निकै सुस्त

देशभित्र उत्पादित विद्युत्को आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशमा अघि बढेका विभिन्न प्रसारण लाइनको काम निकै सुस्त छ । देशभरको कुल खपतको २१ प्रतिशत बिजुली मात्र प्रयोग हुने मधेशमा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी विभिन्न प्रसारण लाइनको काम अघि बढेका छन । मधेशमा सुरु गरिएका आयोजनाहरुको लागत ५० अर्बभन्दा बढी छ । तर आयोजनाहरुको कामले गति लिन सकेको छैन ।

ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा दिने उद्देश्यका साथ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाले थालेको महोत्तरीको लोहरपट्टी बर्दिबास र मनरासिसवा, धनुषाको नगराइन, लोहना महेन्द्रनगर र वीरेन्द्र बजार सप्तरीको बिसनपुर, सिरहाको सनैठा, रौतहटको मानपुर सर्लाहीको हरिपूवा र पर्साको बहुअरी पिडारीमा ३३ केभी सबस्टेसनलगायत ५१० थान ट्रान्सर्फमर जडानका काम कछुवाको गतिमा छ ।मधेशमा पाँच वर्षभित्र ग्राहकको संख्या शतप्रतिशत बढेपछि गुणस्तरीय विद्युत् आपूर्तिका लागि हरेक जिल्लामा एक–एकवटा १३२ केभी प्रसारण लाइन बनाउने तयारी छ ।योजनाका सबै काम पूरा भए ग्राहकले गुणस्तरीय बिजुली सेवा पाउँछन नै प्राधिकरणलाई समेत फाइदा हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->