भारतसँग जोडिएको महोतरीको ३८ किलोमिटरको खुला सिमानामा अवैध निकासी–पैठारीका घटना बढेका छन। सुरक्षाकर्मीको असहयोग भएको आरोप लागिरहँदा प्रहरीले बेलाबेलामा ठूलो परिमाणमा तस्करीका सामान जफत गरेर भन्सारलाई बुझाएको छ । महोतरीको सम्सी पोखरभिन्डा, रघुनाथपुर, कटैया बथनाहा मटिहानी मलिवारा खैरबन्नी लगायतका नाका भएर भन्सार छली नेपाल भित्र्याइएको कपडाहरु मदिरा,मोटरपार्टस धान गेहु प्याज चिनी तेल लगायतका समानहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पछिल्लो समय दैनिक नियन्त्रणमा लिन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई भारतीय नम्बरको मोटरसाइकल र टेम्पोसहित भन्सार छलेर ल्याएको २१ लाख २८ हजार ३ सय मूल्य बराबरको विभिन्न कपडाहरु र २ वटा बोलेरो र ४ वटा ट्रकमा अवैध रुपमा भन्सार गरी लैजाँदै गरेको अवस्थामा १९ हजार किलो प्याज र २ सय बोरा सिमेन्ट नियन्त्रणमा लिएका छन ।
एक भारतीय नम्बरं को बोलेरो कारमा चालीस कार्टुन अवैध मदिरा नेपालबाट भारततर्फ तस्करी गरिहेका अवस्थामा सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ९ महोतरीको टोलीले नियन्त्रणमा लिएको हो ।प्रहरीले यति ठूलो परिमाणको सामान भन्सारमा बुझाए पनि त्यसको तीन गुणाभन्दा बढी तस्करी हुने गरेको दाबी छ । नेपाल तर्फबाट प्रतिबन्धित गााजासँगै मदिरा, टुथपेस्ट, सौन्दर्यका सामाग्रीहरू चोरी निकासी हुन्छ भने भारतबाट दैनिक उपभोग्य सामग्री, स्पेयर पार्टस, लताकपडा, पानमसला सँगै सुर्तिजन्य पर्दाथको चोरी पैठारी हुदैआएको छ ।
