अर्घाखाँची। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशका सबै अंगहरु फेलहुने क्रममा अगाडी बढेकाे बताएका छन् ।
एकजना विरामी निमोनियमा भयो, भनेर अस्पतालमा गएछ, औषधी खादै जादाँ मृगौला, मुटु हुदैँ शरिरका सबै अंगमा काम गर्न छोडेछ अनि बिरामीको मृत्यु भएछ । ज्ञवालीले थप गर्दै भने ‘बिरामीको मृत्यु भए जस्तै देशका सबै अंगहरु फेलहुने क्रममा छन् । हाम्रो देशको राष्टियतामा असर सरकारबाटै भएको छ ।’
नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्कमा ३ दिनसम्म सञ्चालन गर्ने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाट गर्दै ज्ञवालीले सहिदहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै समृद्ध नेपाल बनाउँनमा पार्टी लागीपर्ने बताएका छन् ।उनले वर्तमान गठबन्धनको हातमा सरकार गएको साढे २ वर्षयता देशका हरेक सुचकहरु नकारात्मक तथा जोखिमपुर्ण देखिएको टिप्पणी गरे ।
नेपालले भारतलाई १० हजार मेगावार्ट विद्युत विक्री गदैँ छ, त्यो राम्रो उर्जा व्यापार हुदाँ नकारात्मक हुनुपर्ने कारण छैन, तर भारतले विद्युत लैजादैँ गर्दा नेपालका जलस्रोत, नदिनालाहरु होल्ड गर्ने सर्तमा विजुली लगेको आरोप लगाएका छन् ।
