बागलुङ नगरपालिका वडा नम्बर ४ बान्द्रेमा बागलुङ सदरमुकाम देखि बेनी तर्फ जादै गरेको ध १ ज १६४ नम्बरको जीप दुर्घटना हुदा ३ जना घाइते भएका छन् ।
बेनी तर्फ जादै गरेको जीप ब्रेक फेल भइ दुर्घटना हुदा जीपमा सवार १० जना यात्रु मध्य चालक सहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।घाइतेहरूलाइ उपचारको लागि धौलागिरि अस्पताल बागलुङ पठाएको केसीले बताए ।
घाइते हुनेहरूमा जीप चालक बागलुङ जिल्ला काँठेखोला ४ का सितल पुन ,म्याग्दी जिल्ला मंगला गाउँ पालिका १ का पुर्ण बहादुर किसान ,म्याग्दी जिल्ला बेनी नगरपालिका ९ का सुनिल बोहोरा रहेका छन् ।जीपमा सवार अन्य यात्रुहरू आफ्नो गन्तव्य लागेको प्रहरीले जनाएको छ ।
