हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्रीले गरे नेपाली सेनासँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री दाहालले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।

ब्रिफिङपछिको बैठकमा ्रधानमन्त्री दाहालले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्त्वपूर्ण भएको बताए । उनले राजनीतिक तहमा पनि एकचरण छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन । नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द रहेको छ । २०५९ सालमा सेनाले सञ्चालनका विषयमा गरेको अध्ययनमा आज छलफल भएको हो । प्रतिवेदनले उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक शाख कायम हुने निस्कर्ष निकालेको छ । प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->