स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि परामर्शको तयारी

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो ।

आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गर्ने आयोगको तयारी छ । आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ । आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक÷एक पद रिक्त छन । कोशी प्रदेशको इलाम दुई प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ एकको एकमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन । २३ प्रतिनिधिको निधन भई पद रिक्त भएका छन । दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->