नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपललामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गरेका हुन । अध्यक्ष ओलीले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको र लोकतान्त्रिक पद्धति नै मासेको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले सम्पूर्ण तयारी गरिसकेपछि स्काउटको अधिवेशन रोकेको भन्दै प्रधानमन्त्री दाहालप्रति असन्तुष्टि प्रकट गरे । सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको उनको आरोप छ । स्काउटको सम्पती काँग्रेसले अहिलेसम्म लुटेर खाएको र रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उद्दण्ड काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप पनि लगाए ।
