प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधमान व्यवस्था र गणतन्त्रका विरुद्ध केहिले धमिलो पानिमा माछा मार्ने कोशिस गरिरहेता पनि त्यो कुरा सफल नहुने बताएकाछन् ।
सो कुरा प्रधानमन्त्री दाहालले शनिबार सिन्धुली जिल्लाको कमलाखोचमा दुधौली अस्पतालको समुद्घाटन गर्दै बताएकाहुन ।सो अवसरमा प्रधानमन्त्री दाहालले पछिल्लो समयमा देशको आर्थिक अवस्था सुधारिरहेको बताउदै अर्थतन्त्र सुधारकालागी सरकारको तर्फबाट प्रयास भैरहेको बताए।
