प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । शनिबारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको बताए ।
उनले ५ हजार वर्षभन्दा पुरानो शिक्षाको अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि जनाए । अध्यक्ष ओलीले सरकारले युवालाई उद्यमी बनाउने काममा ध्यान नदिएको आरोप समेत लगाए ।अध्यक्ष ओलीले देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भन्दै त्यसका लागि अग्रसर हुन युवाहरुलाई आह्वान पनि गरे ।
