प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उपाधि विभागीय टोली नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि हात पारेको हो । आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।

पुलिसका लागि शंकर रानाले अविजित ६२, आरिफ शेखले अविजित २७, अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८, कुशल भुर्तेलले १४ बनाए । आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शाहब आलम र बसिर अहमदले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ४९.५ ओभरमा अलआउट हुँदै १८१ रनमा समेटियो ।

आर्मीका लागि बिबेक यादवले सर्वाधिक ६३, सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ रन बनाए । पुलिसका लागि ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान ३–३, सागर ढकाल, करन केसी र कुशल भुर्तेलले १–१ विकेट लिए । पुलिस लिग चरणको सबै खेलमा जित निकाल्दै पहिलो स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->