भोजपुरमा याक चौरी कृषक महासंघको कोशी पदेश स्तरिय प्रथम अधिवेसन सम्पन्न भएको छ ।‘हिमालको गहना याक चौरी संरक्षणमा हाम्रो चाहना’ भन्ने मुल नाराका साथ टेम्केमैयुङ ४ चखेवामा अधिवेसन गरिएको हो ।
भोजपुरमा याक चौरी कृषक महासंघको कोशी पदेश स्तरिय प्रथम अधिवेसन सम्पन्न भएको छ । प्रथम अधिवेसनबाट ताप्लेजुङका मोहन राईको अध्यक्षतामा नौ सदस्य समिति गठन गरिएको हो । याक, चौरीको संरक्षणसँगै यसको व्यवसायिकरणको लागि किसानहरु एकजुट भएर लाग्न महासंघको गठन गरिरहेको केन्द्रिय महासचिव पावीहाङ राईले जानकारी दिए ।
कोशी प्रदेश सभा सदस्य विनोद वान्तावाले याक चौरीको संरक्षण तथा यस क्षेत्रको समस्या समाधानको लागि आफ्नो तहबाट पहल कदमी गर्ने बताए । यो व्यवसायलाई पर्यटनसँग जोडेर यहाँको आयश्रोतको रुपमा लैजानु पर्ने उनको धाराणा छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले याक चौरीको संरक्षणले वातावरणको पर्यावरण सुधारमा सहयोग पुग्ने भएकाले यसको व्यावसायिकरणमा जोड दिनुपर्ने बताए । यो व्यावसायलाई जिविकोपार्जनसँग जोडर लैजानु पर्ने उनको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले ऐतिहासिक कामको थालनी भएकोले यसले याक चौरीको संरक्षण तथा विकासमा टेवा पुग्ने बताइन् । गाउँपालिकाले कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै उनले कृषि उत्पादनमा जोड दिदै आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिहेको धाराणा राखिन् ।
जिल्ला समन्वय समिति सभापति कमल थुलुङले महासंघले याक चौरीको संरक्षण लागि थालेको काम प्रशंसायोग्य रहेको बताउदै यसलाई किसानको आयश्रोतसँग जोडेर लैजानु पर्ने बताए । यो क्षेत्रको विकासको लागि आफ्नो तहबाट भूमिका खेल्ने बताए ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले याक चौरीको चरीचरनको लागि सामुदायिक वनको कार्ययोजना बनाउन सहजीकरण गर्ने बताए ।याक चौरीपालन व्यवसाय लोप हुने अवस्था पुगेकोले यसको संरक्षणको लागि जुटेको कार्यक्रमका अध्यक्ष तथा केन्द्रिय सचिव चन्द्र नेपालले बताए ।
