प्रधानमन्त्री: जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण

प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन ।

काठमाडौंमा आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले विगतमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नारा लिएर चुनावमा जाँदा आदिवासी जनजातिले नै साथ नदिएको गुनासो गरेका हुन ।

प्रधानमन्त्री दाहालले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको भने स्वीकार गरे ।

प्रधानमन्त्री दाहालले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचान बिरोधीलाई दिएको गुनासो गरे । आदिवासी जनजातिका हक अधिकार स्थापित गर्ने कार्यमा सरकार लागिरहेको पनि उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->