रंगेली बसपार्कमा निर्माण गरेका सटरहरु प्रयोगविहीन

मोरंगको रंगेली बसपार्कमा नगरपालिकाले व्यापारिक प्रयोजनका लागि निर्माण गरेका सटरहरु प्रयोगविहीन भएका छन । राजस्व बृद्धिमा योगदान पुग्ने अपेक्षाले रंगेली नगरपालिका ७ स्थित बसपार्कमा निर्माण गरिएका सटरहरु उपयोगहीन भएका हुन ।

नगरपालिकाले न्यूनतम सटर भाडा ६ हजार पाँच सय कायम गरेकोमा छ वटा मात्रै प्रयोगमा आएका छन । प्रयोगमा रहेका सटरमा पनि राम्रो व्यापार छैन ।

नगरपालिकाले पाँच बर्ष अगाडि व्यपारिक प्रयोजनका लागि १८ बटा सटर निर्माण गरेको थियो । तिमध्ये १२ वटा सटर अहिले बन्द छन । सटर भाडा समायोजन गर्न व्यापारीले नगरलाई ध्यानाकर्षण गराएपनि सुनुवाइ भएको छैन ।

अहिले नगरले पाँच हजार देखि ११ हजार रुपैयाँसम्म सटरहरुको भाडा लिदै आएको छ । तर व्यापारमा मन्दी भएकाले कतिपयले छ महिनादेखि भाडा तिर्न सकेका छैनन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->