सर्लाही मलंगवामा भएको दुर्घटनमा घाइते एकको मृत्यु

सर्लाही ।सोमबार साँझ सर्लाही सदरमुकाम मलंगवामा भएको दुर्घटनमा घाइते एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते सर्लाहीको बागमती नगरपालिका– ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका छन । उनीहरुको सर्लाही र वीरगञ्जका अस्पतालहरुमा उपचार भैरहेको छ ।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जिप मलंगवा–नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज.१ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।

जीप मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->