भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ,४ जनालाई थुनामा पठाउन आदेश

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि चार जनालाई थुनामा पठाउन आदेश गरेका हुन् । अदालतले अध्यागमन अधिकृत खड्का, मनोज तामाङ लामा, सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको हो । मनोज र सरोज ट्राभल सञ्चालक हुन्न ।

अरुण बिचौलिया हुन् । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’मा संलग्न गीता शाहसँग अदालतले ५ लाख धरौटी मागेको छ ।

पदम लामालाई १ लाख, विनोद कार्कीलाई २ लाख, राम प्रसाद भण्डारीलाई ७ लाख, रविन अर्याललाई १ लाख र दिनेश ज्ञवालीलाई ७ लाखमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->