१६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द

यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार÷पाँच दिन अघि नै रद्द गरिएको हो । साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ ।

टेण्डर परेका कम्पनीले पेश गरेका कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको विभागको भनाइ छ । दुई कम्पनीले मात्र टेण्डर भरेकोमा कागजपत्र अपुग भएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->