संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रसंघीय महासभामा आफ्नो सन् २०२४ का प्राथमिकता प्रस्तुत गर्दै शीत युद्धको समयमा राम्रो तरिकाले स्थापित प्रणालीले महाशक्ति सम्बन्धलाई व्यवस्थित गर्न सहयोग गरेको विपरीत ती प्रणालीबहुध्रुवीय विश्वमा हराएको बताएका हुन ।
संसार अराजकताको युगमा प्रवेश गर्नु सबैका लागि खतरनाक, अप्रत्याशित र पूर्णरूपमा दण्डहीनता भएको पनि महासचिव गुटरेसले उल्लेख गरे । उनको यो टिप्पणी युक्रेन, सुडान, मध्यपूर्व र अन्य स्थानमा विनाशकारी द्वन्द्वको बीचमा आएको हो । अक्टोबर ७ मा अभूतपूर्व आक्रमणपछि हमासलाई समाप्त गर्ने आफ्नो अभियानमा इजराइली सेनाले गाजापट्टीमा लगातार आक्रमण गर्दा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
उनले गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दा सम्बोधन गर्न असमर्थ रहेको भन्दै चिन्ता प्रकट गरे । बुधबार गाजा युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै गुटेरेसले इजराइली सशस्त्र बलले दक्षिणी सहर राफामा दबाब दिए यसले ‘अनपेक्षित क्षेत्रीय परिणामका साथ पहिला नै मानवीय दुःस्वप्नका रूपमा तीव्र वृद्धि गर्ने’ चेतावनी दिए । महासचिव गुटरेसले मानवीय युद्धविराम र सबै बन्धकको बिनाशर्त रिहाइको माग गरे । गुटेरेसले संकट ‘हाम्रो समयको परिभाषित चुनौती बनेको’ दोहो¥याउँदै मानवतालाई ‘पृथ्वीसँग शान्ति कायम गर्न’ आह्वान समेत गरे ।
